Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

    पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 348
    SHARES

    काठमाडौं । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गंगामाई रथयात्रा शनिबार गरिएको छ ।

    यहाँ जलकी अधिष्ठात्री देवी गंगामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा गंगाको दिव्य रथयात्रा तथा विशेष अर्चना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।



    यो जात्रामा राज्यबाट हर्षबढाइँका निम्ति गुरुज्यूको पल्टनले सलामी समेत प्रदान गर्ने परम्परा छ । पशुपति क्षेत्र विकास कोषले गंगामाई जात्राको प्रतीकका रूपमा यसलाई निरन्तरता दिँदै आएको छ । पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासनास्थल हो । यसैले पनि गंगामाई रथयात्राको विशेष महत्त्व छ ।



    भगवान् श्री पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको माता गंगाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देवमार्गमा परिक्रमा गराइन्छ ।

    शनिबार अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोषबाट जात्रापर्व हेर्ने कर्मचारी वरुण खतिवडाले जानकारी दिए । जात्रा शनिबारै समापन हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार