Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ललितपुर महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा सरकारसँग आर्थिक सहयोग नलिने

    ललितपुर महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा सरकारसँग आर्थिक सहयोग नलिने

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 516
    SHARES

    ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा संघीय सरकारसँग आर्थिक सहयोग नलिने बताएका छन् ।

    आध्यात्मिक महोत्सवको सङ्कल्पसभाको उद्घाटन गर्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।



    मेयर महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने बताए।



    मठमन्दिर, देवालय, शिवालय निर्माणमा नेतृत्व राम्रो भयो भने खर्च अभाव नहुने भन्दै महर्जनले काम गर्ने जोशजाँगर र इच्छाशक्ति हुनुपर्नेमा जोड दिए।

    सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मेयर महर्जनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार