Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • त्रिशूलीमा खसेको बस र यात्रुको वाटर ड्रोनमार्फत खोजी गरिँदै

    त्रिशूलीमा खसेको बस र यात्रुको वाटर ड्रोनमार्फत खोजी गरिँदै

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका(२९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको ड्रोन र सोनार क्यामेराबाट खोजी थालिएको छ ।

    शुक्रबार बिहान त्रिशूलीमा खसेका दुई बस र तिनका यात्रु नभेटिएपछि पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु गरिएको हो ।



    नेपाल प्रहरीका एक सय जना भन्दा बढी सुरक्षाकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन भएका छन् ।



    शुक्रबार बस खसेको सिमलताल र त्यस वरपर ५ किलोमिटर क्षेत्रमा चुम्बक र रड प्रयोग गरी खोजी गरिएको थियो। त्यसक्रममा बसको पर्दा र कपडा भेटिएको थियो ।

    बिहीबार राति काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार