Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भानुभक्तका योगदानहरूको स्मरण र संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्नुपर्छ : प्रचण्ड

    भानुभक्तका योगदानहरूको स्मरण र संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्नुपर्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 438
    SHARES

    काठमाडौँ । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन् ।

    २११औँ भानु जयन्तीको अवसरमा शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका उनले यस्तो बताएका हुन् ।



    भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्नुपर्ने बताए ।



    आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु, उनले शुभकामना सन्देशमा भनेका छन् ।

    भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार