काठमाडौं । पर्सामा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा पर्सास्थित मुदाली पर्सा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।
उक्त क्षेत्र भएर बग्ने स–साना खोलामा वहाब बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
Leave a Reply