एजेन्सी । चिनियाँ र रुसी सशस्त्र बलले जुलाईको शुरूमा दक्षिण चीनको झानजियाङ शहर नजिकैको पानी र हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यासको शुरूवात गरेका छन् ।
राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार चीन–रुस वार्षिक सैन्य संलग्नता योजना र द्विपक्षीय सम्झौताअनुसार सञ्चालन गरिएको ‘संयुक्त समुद्री अभ्यास २०२४’ जुलाईको मध्यसम्म चल्नेछ ।
यसको उद्देश्य समुद्री सुरक्षा खतरालाई संयुक्त रूपमा सम्बोधन गर्ने, विश्वव्यापी र क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने सेनाको सङ्कल्प र क्षमताहरू प्रदर्शन गर्नु रहेको उनको भनाइ छ ।
संयुक्त सैन्य अभ्यासले नयाँ युगका लागि चीन र रुसको व्यापक रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउने बताइएको छ ।
Leave a Reply