Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जनमत पार्टीद्वारा सिमलताल बस दुर्घटनाप्रति दुःख व्यक्त

    जनमत पार्टीद्वारा सिमलताल बस दुर्घटनाप्रति दुःख व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 585
    SHARES

    काठमाडौँ । जनमत पार्टीले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आज बिहान भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    सो पार्टीका राष्ट्रिय प्रवक्ता एवं डा शरदसिंह यादवले आज एक विज्ञप्ति जारी गर्दै सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रशासनसँग आग्रह गरेका हुन् ।



    “नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस आज बिहान करिब ३ः३० बजे त्रिशूली नदीमा खस्दा ५० जनाभन्दा बढी यात्रुहरूको अवस्था अझै अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोसँगै डुबानमा परी भएको ठूलो जनधनप्रति जनमत पार्टीले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।



    यसैगरी युद्धस्तरमा उद्धार गर्न तथा नेपाली नागरिकलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहतलाई थप सक्रियताका साथ अगाडि बढाउनसमेत जनमत पार्टीले नेपाल सरकारसँग माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार