Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौं महानगरले भन्यो – नदी किनारा र पानी जमेको सडकमा नजानू

    काठमाडौं महानगरले भन्यो – नदी किनारा र पानी जमेको सडकमा नजानू

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 438
    SHARES

    काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौंका नदीहरुमा पानीको प्रवाह उच्च भएकोले सतर्कता अपनाउन काठमाडौं महानगरले आग्रह गरेको छ ।

    केही ठाउँमा ठूलो पानी परिरहेकाले बस्ती डुबान, जमिन कटान, जनधनको क्षतिको जोखिम बढेको भन्दै मेयर बालेन्द्र शाहले जोखिम क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेका हुन् ।



    उनले नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजान, पानी जम्मा भएको सडकमा आफू पनि नजान र गाडी पनि नलैजान अनुरोध गरेको छ ।



    यस्तै उनले कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा गाडी पार्किङ नगर्न र अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगर्न सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गरे ।

    मेयर शाहले मनसुनजन्य विपत् आइपरेमा र जोखिम बढेमा तत्काल जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, काठमाडौं महानगरपालिका र महानगर प्रहरी बललाई खबर गर्न पनि सुझाव दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार