Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

    आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असार २०८१
  • 447
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    सरकारमा रहेका एमालेलगायत दलले समर्थन फिर्ता लिँदै मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।



    सरकारमा रहेका दलले समर्थन फिर्ता लिएको अवस्थामा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।



    यसैबीच, प्रचण्डले विश्वासको मत नपाउने लगभग निश्चित छ । बिहीबार दिनभर फरक–फरक दलहरूले आफ्नो संसदीय दलको बैठक बसेर विश्वासको मतसम्बन्धी निर्णय गरिसकेका छन् ।

    विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने छन् र नयाँ सरकार गठन प्रक्रिया सुरु हुने छ । कांग्रेस, एमाले लगायत दलले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार