Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • जलाधार व्यवस्थापन अधिकृत पाललाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद, १ लाख २० हजार जरिवाना

    जलाधार व्यवस्थापन अधिकृत पाललाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद, १ लाख २० हजार जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 333
    SHARES

    काठमाडौं । विशेष अदालतले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

    विशेषका अध्यक्ष एवं न्यायाधीश टेक नारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार पाललाई भ्रष्टाचार घुस मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख २० हजार जरिवानाको फैसला सुनाएको हो ।



    तटबन्ध निर्माणसम्बन्धी बिल भुक्तानीमा सहजीकरण गर्ने नाममा सेवाग्राहीबाट एक लाख २० हजार रुपैयाँ घुस लिएका थिए ।



    त्यसपछि पालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख २८ मा विशेषमा आरोपपत्र दर्ता गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार