काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
प्रचण्डको विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
अहिले कांग्रेस-एमालेको नयाँ गठवन्धनमा सामेल हुने/नहुने विषयमा भने कुनै निर्णय नगरेको उनले बताए।
उनले नयाँ सरकार गठन भइसकेपछि र संविधान संशोधनमा विषयमा स्पष्ट धारणा आएपछि पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताए।
प्रमुख सचेतक शाहीले सरकारको नेतृत्व पटक-पटक परिवर्तन हुँदा दलहरूले जनताको अवस्थामा बारेमा ध्यान दिन जरुरी रहेको जिकिर गरे।
Leave a Reply