Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • २२ सय अंकमाथि उक्लियो नेप्से, ७ अर्ब ८ करोडको सेयर किनबेच

    २२ सय अंकमाथि उक्लियो नेप्से, ७ अर्ब ८ करोडको सेयर किनबेच

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 450
    SHARES

    काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको हो ।



    बिहीबार कारोबारमा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको छ ।



    यसदिन ३३१ स्क्रिप्सको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँमा खरिदबिक्री भए।

    बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने २ अर्बले बढेको हो। यसदिन बलेफी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमाा कारोबार भयो।

    सो कम्पनीको सेयर ९.९९ प्रतिशतले बढ्यो। सिटीजन्स सुपर ३० म्युचुअल फण्डको सेयर ९.९७ प्रतिशतले बढ्दा एनआईबीएल स्टाबल फण्डको ९.८३,जानकारी फाइनान्सको ८.७६ र सिटीजन्स म्युचुअल फण्डको सेयर ७.८२ प्रतिशतले बढेको हो।

    कारोबार रकमका आधारमा सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    ग्लोबल आइएमई बैंकको १४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालय रिइन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्स १२/१२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर ११ करोड मूल्य बराबरमा कारोबार भयो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार