Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता

    प्रधानमन्त्री मोदी रुस र अस्ट्रियाको भ्रमण सकेर स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 330
    SHARES

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको भ्रमण सकेर नयाँ दिल्ली फिर्ता भएका छन् ।

    भ्रमणको समापन पछि प्रधानमन्त्री मोदीले आज भारतको राजधानी नयाँ दिल्ली फिर्ता भएका हुन् ।



    उनले अस्ट्रियाको चान्सलर कार्ल नेहम्मर, सरकार र जनतालाई न्यानो स्वागत र आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन्।



    मोदीले भ्रमण अत्यधिक फलदायी र ’ऐतिहासिक’ भएको पनि उल्लेख गरे। अस्ट्रियाको भ्रमण ऐतिहासिक र अत्यधिक फलदायी भएको भन्दै राष्ट्रहरूबिचको मित्रतामा नयाँ जोश जोडिएको मोदीले बताए ।

    भियतनाम हुँदा विविध कार्यक्रमहरूमा भाग लिएकोमा खुसी व्यक्त गर्दै उनले च्यान्सेलर, अस्ट्रिया सरकार र जनताको आतिथ्य र स्नेहका लागि धन्यवाद दिए।

    प्रधानमन्त्री मोदीले बुधबार भियनामा एक सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूको मित्रताको ७५वर्ष पूरा भएको ऐतिहासिक अवसरको प्रतीक्षा समाप्त भएको बताएका थिए ।

    यसबाहेक,मोदीले ४१ वर्षको अन्तरालपछि भारतीय प्रधानमन्त्रीको रूपमा अस्ट्रियाको भ्रमण गर्नु एउटा ऐतिहासिक क्षण भएको स्वीकार गर्दै उत्साहपूर्ण स्वागतमा कृतज्ञता व्यक्त गरे ।

    प्रधानमन्त्री मोदी एक दिनको राजकीय भ्रमणका लागि जुन–९ को साँझ भियतनाम पुगेका थिए। यसअघि मोदी मस्कोको दुई दिने आधिकारिक भ्रमणमा थिए जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार