विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग भएको सहमति छिट्टै सार्वजनिक हुने बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा बोल्दै महामन्त्री थापाले सरकार गठनको प्रक्रिया सुरु भएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुने बताएका हुन् ।
महामन्त्री थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा गइसकेपछि मात्रै कांग्रेस-एमालेबीच भएको सहमति सार्वजनिक हुने बताए।
पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाका बारेमा जानकारी गराइसकिएको भन्दै महामन्त्री थापाले एमालेसँग भएको सहमतिको इमान्दारीताका साथ पालना हुने बताए ।
महामन्त्री थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक रहने धारणा राखे ।
Leave a Reply