रौतहट। रौतहटमा आँप टिपेको निहुँमा एक युवकको हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बौधीमाई नगरपालिका-१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका-३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साह रहेका छन् ।
ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा विवाद हुँदा १७ वर्षीय किशोरको हत्या भएको प्रहरीले जनाएको छ।
उनीहरुले २५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या गरेको प्रहरीले जनाएको छ ।
इशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मृतकको भाईले आँप बगैचामा आँप टिपेको विषयमा दशहीले कुटपिट गरेको देखेपछि सहवाजले दशहीलाई झापड हानेका थिए ।
त्यही रिसइबीमा दशही र रोशन मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
Leave a Reply