Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • स्कुटर दुर्घटना हुँदा दाइको मृत्यु, बहिनी गम्भीर

    स्कुटर दुर्घटना हुँदा दाइको मृत्यु, बहिनी गम्भीर

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 690
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पामा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    बुधबार बेलुका पाल्पाको तिनाउ ३, दोभान नजिकै भएको दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारीको मृत्यु भएको हो ।



    प्रहरीका अनुसार सोही स्कुटरको पछाडि सवार विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन् ।



    बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु८६प ६५१ नम्बरको स्कुटर सोही दिशातर्फ आइरहेको लु२ख ५३७३ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रकका चालककलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार