Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकपको फाइनलमा

    नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकपको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 774
    SHARES

    काठमाडौं । इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो ।



    खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ मिनेटमा जाभी सिमोन्सले गोल गरेर नेदरल्याण्ड्लाई अग्रता दिलाएका थिए । तर खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै ९० औँ मिनेटमा ओल्ली वाटकिन्सले गोल गरेर इंग्ल्याण्डलाई विजयी बनाए ।



    अब उपाधिको लागि इंग्ल्याण्ड र स्पेनबीच आउँदो आइतवार राति खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार