Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • ६१ किलो सुन तस्करी प्रकरण : १६ जना पुर्पक्षका लागि थुनामा, तीन जनासँग मागियो धरौटी

    ६१ किलो सुन तस्करी प्रकरण : १६ जना पुर्पक्षका लागि थुनामा, तीन जनासँग मागियो धरौटी

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 564
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणको पुरक मुद्दामा १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने तीन जनासँग धरौटी माग गरिएको छ ।

    अदालतका न्यायधीश कपिलमणि गौतमको इजलासले एक साता लामो बहसपछि आज थुनछेक आदेश दिएको हो ।



    इजलासले १७ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने प्रतिवादी राजु थापा भनिने प्रेमनाथ सेढाईँसँग ५७ लाख, थर्कमान लामा र रुपन भण्डारीसँग जनही ९६ लाख रुपैयाँ धरौटी माग गरेको बताइएको छ ।



    धरौटी माग गरिएका तीनै जनाले आज धरौटी रकम बुझाएका छैनन् । सुन प्रकरणको दोस्रो चरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

    जसमध्ये केही पहिलो चरणमै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा गइसकेका छन् । आरोपी २६ जना भने अझै फरारको सूचीमा छन् ।

    २०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम राजस्व अनुसन्धान विभागले बरामद गरेपछि नेपालमा सबैभन्दा धेरै सुन तस्करीको अनुसन्धान सुरु भएको थियो ।

    ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिणाम ३६२ किलो ७७८ ग्राम भएको निष्कर्षसहित पहिलो चरणको अनुसन्धानबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गर्दै २०८० भदौ ३१ गते मुद्दा दायर गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार