कैलाली । कैलालीको धनगढीमा रहेका दुईवटा कम्पनीले कर छली गरेको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रहरी कार्यालयले गरेको अनुगमनमा आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सको कैफियत फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी निरीक्षक गंगादत्त बडुका अनुसार दुबै कम्पनीलाई कारबाही गरिएको छ । आन्तरिक राजश्व कार्यालय धनगढीले दुबै कम्पनीलाई कारबाही गरेको हो ।
आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेडलाई ३२ लाख ३ हजार र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई चार लाख ३९ हजार जरिबाना गरिएको उनले जानकारी दिए ।
Leave a Reply