Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सुन्धाराबाट ३८ लाख नगदसहित एक जना पक्राउ

    सुन्धाराबाट ३८ लाख नगदसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 972
    SHARES

    काठमाडौं । काठमाडौंबाट ३८ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्।



    अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

    उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

    ५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको हो।

    उनीको एउटा स्कुटर र मोबाइल पनि प्रहरीले बरामद गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार