Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रास्वपालक्षित विश्वप्रकाशको कटाक्ष – सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

    रास्वपालक्षित विश्वप्रकाशको कटाक्ष – सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 432
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताएका छन् ।

    रास्वपाले महामन्त्री मुकुल ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताएका हुन्।



    महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्,‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दैन । प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म कांग्रेस जीवन्त छ र रहिरहनेछ, रूपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी ।’



    उनले प्रश्न र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको दाबी गरे।

    ३८ जिल्लाको समीक्षा यात्राको प्रतिवेदनमा पार्टीको दुरावस्था उतार्ने रास्वपाका संस्थापक महामन्त्री ढकाल रास्वपाको साधारण सदस्यमा समिति हुन पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार