Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भारतमा यात्रुबहाक बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

    भारतमा यात्रुबहाक बस र दूध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 429
    SHARES

    एजेन्सी । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा यात्रु बहाक डबल डेकर बस दूध ट्याङ्करमा ठोक्किँदा १८ जनाको मृत्यु भएको छ ।

    बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो।



    दुर्घटनामा अन्य १९ जना घाइते भएका प्रहरीले जनाएको छ। उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो।



    बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको थियो।

    दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताएका छन्।

    प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ। दुर्घटनालगत्तै स्थानीयले प्रहरीलाई सुचना गरे पछि घाइतेहरूलाई अस्पताल पुर्‍याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिएका छन्।

    प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार