Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • च्यासलमा एमाले सचिवालय बैठक जारी

    च्यासलमा एमाले सचिवालय बैठक जारी

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 342
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।

    पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरू भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।



    बुधबारको बैठकले मन्त्री छान्न मापदण्ड पनि तय गर्ने बताईएको छ । एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ।



    त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ। असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।

    सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन्।

    उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

    यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार