Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • बाढीपहिरोमा परी २५ बालबालिकासहित ८३ जनाको मृत्यु, पाँच जना बेपत्ता

    बाढीपहिरोमा परी २५ बालबालिकासहित ८३ जनाको मृत्यु, पाँच जना बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 369
    SHARES

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो।



    जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका छन् । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए।



    प्रवक्ता कार्कीका अनुसार घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका छन् । घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।

    बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला रहेका छन् । बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

    वर्षा पहिरोका कारण आठ सय ५८ घर विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार