Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मेसीले बनाए अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सर्वाधिक गोलकर्ताको कीर्तिमान

    मेसीले बनाए अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सर्वाधिक गोलकर्ताको कीर्तिमान

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 879
    SHARES

    काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।

    अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत बुधवार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् ।



    यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १०९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् ।



    मेसीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ गोल गरेका हुन् । मेसीभन्दा अघि अब पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मात्र छन् । उनले २१२ खेल खेल्दै १३० गोल गरेका छन् । 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार