Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ट्रक दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते

    ट्रक दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 441
    SHARES

    रोल्पा । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेष थापाको घटनास्थलमै मृत्यु भएको हो।



    प्रहरीले मध्यराति १२ बजेपछि दुर्घटनाबारे सूचना पाएको थियो। प्रहरी निरीक्षक देवीप्रसाद गैरेको नेतृत्वमा सातजनाको टोली बिहान २ बजे घटनास्थल पुगेको थियो।



    प्रहरीका अनुसार उकालो बाटोमा गाडी मोड्न खोज्दा अचानक ब्याक हुन गइ ६५ मिटर तल खस्न पुगेको थियो।

    दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत घाइते छन् ।

    प्रहरीका अनुसार चालकको शव गाडी फेला परेको ठाउँ भन्दा झन्डै ३ मिटर टाढा फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार