Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • झलनाथ प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वमन्त्री विजयसहित पाँच जनालाई तोकियो कैद

    झलनाथ प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वमन्त्री विजयसहित पाँच जनालाई तोकियो कैद

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टचार गरेको आरोपमा ५ जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ ।

    गत असार ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजलाई पेसी तोकेको थियो ।



    विशेषले आज ५ जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको हो । सर्लाहीको लालबन्दीस्थित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको आरोपमा मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद तोकिएको छ।



    उनलाई कसुरअनुसार ८ वर्ष र पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला भएको हो। पूर्वमन्त्री कुमारबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रूपैयाँ विगो र जरिवाना असुल हुने ठहर पनि अदालतले गरेको छ।

    प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैदको फैसला भएको छ।

    उनीहरुबाट पनि २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रूपैयाँका दरले विगो र जरिवाना असुल्ने फैसला विशेष अदालतले गरेको छ।

    सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्वप्रमुख मानबहादुर र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठले सफाइ पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार