काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले सहकारी पीडितहरूसँग छलफल गर्ने भएको छ ।
संसदीय समितिले भोलि, बुधबार पीडितहरूसँग छलफल गर्ने भएको हो।
संघर्ष समिति र व्यक्तिगत पनि प्रतिनिधिमूलक रूपमा बोलाइएको समितिका सभापति सूर्य थापाले बताए ।
पीडितहरूको गुनासो सुन्न भोलिको बैठकमा सञ्चारकर्मीहरूलाई समेत प्रवेश दिइने उनले बताए ।
Leave a Reply