Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • जम्मु कश्मीरमा पाँच भारतीय सैनिकको मृत्यु

    जम्मु कश्मीरमा पाँच भारतीय सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 378
    SHARES

    एजेन्सी । जम्मु कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको गाडीमाथि हमलामा पाँच सैनिकको मृत्यु भएको छ ।

    हमलापछि अहिले पूरै क्षेत्रमा खोजी अभियान चलिरहेको छ ।



    यसैबिच भारतीय रक्षामन्त्री राजनाथ सिंहले सैनिकमाथि भएको चरमपन्थीहरूको हमलाप्रति दुःख व्यक्त गरेका छन् ।



    सिंहले एक्समा लेखेका छन्, ‘म कठुआको बदनोटामा भएको आतङ्कवादी हमलामा हाम्रा पाँच बहादुर सिपाहीहरूको मृत्युबाट दुःखी छु। शोकसन्तप्त परिवारहरूप्रति मेरो गहिरो समवेदना। यो कठिन समयमा राष्ट्र तिनीहरूको साथमा उभिएको छ। आतङ्कवाद विरोधी अभियानहरू सञ्चालन भइरहेका छन् र हाम्रा सेनाहरू यस क्षेत्रमा शान्ति र व्यवस्था कायम गर्न प्रतिबद्ध छन्।’

    उनले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार