Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सञ्चालनमा आयो जयपृथ्वी राजमार्ग

    सञ्चालनमा आयो जयपृथ्वी राजमार्ग

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    बैतडी । पहिराले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

    बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै ठूलो पहिरो गएपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो ।



    बिहानदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेसिन प्रयोग गरी अपराह्नपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।



    आइतबार राति दुईपटक पहिरो गएको थियो । पहिलोपटक गएको पहिरो हटाएर साँझतिर सडक सञ्चालन गरिएकामा फेरि पहिरोबाट सडक अवरुद्ध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार