Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • मनसुन भित्रिएको २९ दिनमा प्राकृतिक विपद्‌मा परी ७४ जनाको मृत्यु, ५ बेपत्ता

    मनसुन भित्रिएको २९ दिनमा प्राकृतिक विपद्‌मा परी ७४ जनाको मृत्यु, ५ बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 255
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राकृतिक विपद्‌मा परी ७४ जनाको मृत्यु भएको र ५ जना बेपत्ता भएको जनाएको छ । नेपालमा जेठ २८ बाट मनसुन भित्रिएको थियो ।

    प्रहरीका अनुसार अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु र ५ बेपत्ता भएको छ ।



    बाढी, पहिरोलगायतका विपद्‍मा परी सबैभन्दा धेरै गण्डकी प्रदेशमा २२, कोशी र लुम्बिनीमा १८–१८, बागमती, कर्णाली र सुदूरपश्चिममा ४–४, मधेशमा ३ र काठमाडौं उपत्यकामा १ जना गरेर ७४ जनाको मृत्यु भएको हो ।



    प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २१ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा १० जना गरी जम्मा ८८ जना घाइते भएका छन् ।

    घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको जनाउँदै प्रहरीले कोशी प्रदेशमा ४१ र गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको सकुशल उद्दार गरिएको जनाएको छ ।

    प्रहरीका अनुसार बाढी पहिरोमा परी कोशी र बागमतीमा २–२ तथा सुदूरपश्‍चिममा १ गरी ५ जना बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको छ ।

    विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन् । यो अवधिमा बाढीको कारण १६१ घर डुबानमा परेका छन् ।

    ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायाको मृत्यु भएको छ ।

    साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार