Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस सांसद पौडेलले भने – ओलीले गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन

    कांग्रेस सांसद पौडेलले भने – ओलीले गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति छैन

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 516
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देश र जनताको लागि काम गर्न आग्रह गरेका छन् ।

    संसद भवनबाहिर बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । सांसद पौडेलले ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको बताए।



    सांसद पौडेलले भने, ‘ केपी ओलीज्युलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाईको प्रधानमन्त्री हुनुभयो, त्यो भन्दाअघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन ।’



    उनले अहिले अध्यक्ष ओलीलाई दुई वटा अवसर प्राप्त भएको भन्दै देश र जनताले प्राप्त गर्नेगरी काम गर्न आग्रह गरे ।

    सांसद पौडेलले अध्यक्ष ओली जीवन र राजनीतिको उत्तरार्धमा रहेको भन्दै देश र जनताको लागि काम गर्न आग्रह गरे ।

    सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथया सावित गर्नेगरी काम गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार