Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एमाले सचेतक बर्तौलाले भने – पदमा बसुन्जेल कुन फाइल खोल्नुपर्ने हो, खोल्नुस्

    एमाले सचेतक बर्तौलाले भने – पदमा बसुन्जेल कुन फाइल खोल्नुपर्ने हो, खोल्नुस्

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 291
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई भ्रष्टाचारका फाइल खोल्न चुनौती दिएका छन् ।

    प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो चुनौती दिएका हुन् । सचेतक बर्तौलाले कुन-कुन फाइल खोल्नु छ खोल्न सरकारलाई चुनौती दिए ।



    कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ परेपछि बेचैनी बढेको बताएका थिए ।



    सोमबारको बैठकमा पनि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि बेचन झाको पक्राउले ठूला नेताहरुमा बेचैनी आएको बताएका थिए ।

    सचेतक बर्तौलाले भने,’अहिले पनि प्रधानमन्त्री र मन्त्री रहेको भन्दै ककसको फाइल खोल्नुपर्ने हो खोल्नुस् । मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, जति दिन पदमा रहनुहुन्छ खोल्नुस् । धम्की मात्र दिएर पुग्छ ? आज खोल्छु भनेको फाइल किन खोल्नुभएन ? भोलि नयाँ सरकार बनेपछि यो सूचना दिनुपर्छ ।’

    उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन-कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए ।

    प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताए ।

    सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार