Online Nepal
  • आइतबार, २० असोज २०८१
  • तोलामा ४०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ४०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 261
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।

    आइतबार नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ घटेको हो।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।



    आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

    सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार