Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • कल्भर्ट भत्किँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

    कल्भर्ट भत्किँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 534
    SHARES

    कैलाली । कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

    बेदकोट नगरपालिका ७ सुडा चोक नजिकको कल्भर्ट बाढीले भत्काएपछि राजमार्ग अवरुद्ध भएको हो।



    कल्भर्ट भत्किएकाले अवरुद्ध सडक सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



    आइतबारदेखि अत्यधिक वर्षाका कारण कञ्चनपुरका अधिकांश स्थानमा घरहरू डुबानमा परेका छन्।

    डुबानमा परेकाहरूलाई सुरक्षाकर्मी लगायत विपद् व्यवस्थापनमा खटिएको टोली र स्थानीयहरूले सुरक्षित ठाउँमा सार्ने काम गरिरहेको छ।

    वर्षाका कारण महाकाली पारीको स्थानीय तह दोधाराचाँदनी नगरपालिकाका अधिकांश ठाउँ डुबानमा परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार