Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • घरभित्र बाढी पस्दा कञ्चनपुरमा सात महिने शिशुको मृत्यु

    घरभित्र बाढी पस्दा कञ्चनपुरमा सात महिने शिशुको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा घरभित्र बाढी पस्दा सात महिने शिशको मृत्यु भएको छ।

    कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुबान हुँदा घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको हो।



    अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ ।



    दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

    शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार