Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

    मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 777
    SHARES

    भक्तपुर। भक्तपुरको पलाँसेबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ४ घर भइ हाल काठमाडौँको आरुबारी बस्ने २४ वर्षीय लाक्पा काजी शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।



    बागमती प्रदेश-०२-०४८ प ९५ ४७ नम्बरको स्कुटर काठमाडौँको गोंगवुबाट हराएको भनि अजय तामाङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।



    खोजतलासका क्रममा उक्त स्कुटर सहित शेर्पालाई आज अपरान्ह ४ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि शेपालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार