Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • पर्सा र बारामा थपिए ६४ जना कोरोना संक्रमित

    पर्सा र बारामा थपिए ६४ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 2.6K
    SHARES

    वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ६४ जनामा कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    प्रयोगशालामा ४ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । ५ देखि ७० वर्ष उमेर समूहका संक्रमितमध्ये ३६ जना महिला छन् ।



    पर्साका १४ र बाराका ५० जना संक्रमित छन् । गण्डक अस्पतालबाट पठाइएको एउटा स्वाब नमुनाको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको डाक्टर चौरसियाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार