Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • परिवर्तनशिल युवा क्लबले गर्‍यो भीरबाट लडेका साउँदको उपचारका लागि आर्थिक सहयोग

    परिवर्तनशिल युवा क्लबले गर्‍यो भीरबाट लडेका साउँदको उपचारका लागि आर्थिक सहयोग

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 723
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका-१ बडापसरका भीरबाट लडेर गम्भीर घाइते एक पुरुषलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

    गाउँपालिकाको वडा नम्बर १ मटेनास्थित परिवर्तनशिल युवा क्लबले बल बहादुर साउद (बलि साउद) को उपचारका लागि १० हजार आर्थिक सहयोग प्रदान गरेको हो ।



    भीरबाट लडेर गम्भीर घाइते भएका साउँदको अहिले धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ । उनको करिब दुई हप्तादेखि अस्पतालमा उपचार भइरहेको छ । तर आफ्न्तका अनुसार उनको अहिलेसम्म होस आउन सकेको छैन् ।



    उपचारका लागि आर्थिक अभाव भएको बताइएको छ । उनको उपचारमा पाँच लाखभन्दा बढी खर्च लाग्ने भएपछि परिवारलाई आर्थिक जुटाउन समस्या भएको छ । सोही अवसरमा परिवर्तनशिल युवा क्लब १० हजार सहयोग गरेको हो ।

    विभिन्न सामाजिक कार्य गर्दै आएको सो क्लबले यसअगाडि पनि उपचारमा आर्थिक अभाव भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । यता भीरबाट लडेर गम्भीर घाइते भएका साउदको उपचारका लागि आर्थिक संकलन अभियान नै सञ्जाललन गरिएको छ ।

    स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुले उनको उपचारका लागि आर्थिक संकलन अभियान चलाएका छन् । उनको उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिले सागर साउँदको नाममा प्रभु बैंकमा रहेको खाता नम्बर २९४०२६५४६७९०००१९ रकम पठाउन सक्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार