Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पहिरोले तानसेन–तम्घास सडक अवरुद्ध

    पहिरोले तानसेन–तम्घास सडक अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 501
    SHARES

    फाइल तस्विर

    तानसेन । रातिदेखि परेको अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

    सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको हो ।



    यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    सडकमा खसेको पहिरोको कारण दुबै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बिच बाटोमै राखिएको छ ।

    यस्तै तानसेनबाट तम्घासतर्फ र गुल्मीबाट पाल्पातर्फ आउने सवारी साधनसमेत बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार