Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

    कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 288
    SHARES

    कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ ।

    कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत आज बसेको २१औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो ।



    सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनयिम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिएकी थिइन् ।



    सभामुख गुरुङको निर्देशनअनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गरे । बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव २०८१/८२ का लागि ल्याएको ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सर्वसम्मतले पारित भएको घोषणा गरिन् ।

    उनका अनुसार अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार