Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ‘ह्याक’

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ‘ह्याक’

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असार २०८१
  • 546
    SHARES

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट आज ह्याक भएको छ ।

    कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले वेबसाइट ह्याक भएको जानकारी पाउना साथ काठमाडौँस्थित सूचना प्रविधि विभागमा खबर गरेर साइट ‘रिकभर’ गर्ने प्रयास गरिएको बताए ।



    “कार्यालयको वेबसाइट खोल्दा क्याप्टन स्मोकर थ्रीआर भन्ने कुकिजले ह्याक गरेको देखाउँछ”, जोशीले भने, “बिहानदेखि कार्यालयको वेबसाइट बन्द हुँदा सूचना राख्ने र हेर्नेलगायत काममा बाधा पुगेको छ, साँझसम्म रिकभर हुन सकेको छैन ।”



    वेबसाइटको ‘सेक्युरिटी लक’ को व्यवस्था नगर्दा ह्याकरलाई वेबसाइट ह्याक गर्न सहज हुने प्रविधिक्षेत्रका जानकारहरु बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार