काठमाडौं । ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले अवकाश पाएका छन् ।
एआईजीमा बढुवाका लागि सिफारिस भएका उनी मन्त्रिपरिषद् बैठकले बढुवा नगरेपछि डीआईजीबाटै अवकाश पाएका हुन् ।
डीआईजीको ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाएका छन् । गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई असार १० मा एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
तर, मन्त्रिपरिषद्ले उनको बढुवा सिफारिसलाई कुनै निर्णय नगरेपछि उनी डीआईजीबाटै घर फर्किएका हुन् । ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनलाई बिदाइ गरेको बताइएको छ ।
Leave a Reply