काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ तोकिएको छ ।
यसैगरी मध्यम धानको रु ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोकिएको उनले बताइन् ।
Leave a Reply