Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 402
    SHARES

    काठमाडौं । नेकपाएकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।

    बिहीवार महाधिवेशनस्थल कमलादीमा बोल्दै महासचिव भुसालले प्रधानमन्त्री प्रचण्ड सरकारबाट फिर्ता नहुने बताएका हुन् ।



    उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए । पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको महासचिव भुसालले बताए ।



    उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडि बढेको बताए ।

    नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार