काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ ।
सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको हो ।
आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।
उनले प्रधानले आफूलाई यौन दुव्र्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् ।
प्रधानविरुद्ध त्यसबाहेक अरु उजुरीहरु पनि परेका थिए ।
प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो ।
सुनुवाइ समितिले उजुरीकर्तासँगको छलफल बन्द कोठामा गरेको थियो ।
Leave a Reply