Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • चोरी मुद्दामा फरार रहेका सरमानसिंहलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

    चोरी मुद्दामा फरार रहेका सरमानसिंहलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 453
    SHARES

    बाँके । बाँकेको डुडुवा गाउँपालिका-६ सिख्खन पुरुवामा ११ वर्षदेखि फरार चोरी मुद्दाका प्रतिवादीलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको छ ।

    प्रहरीले डुडुवा गाउँपालिका९६ शिखनपरुवामा गोली चलाएर सरमानसिंह सरदारलाई पक्राउ गरेको हो ।



    सरमानसिंह सरदारलाई २०७० असार १८ गते जिल्ला अदालतले ६ वर्ष सजाय र १२ हजार जरिवाना तोकेको थियो ।



    सरदारलाई पक्राउ गरेर ल्याउने क्रममा गाडीमा स्थानीयले ढुंगामुढा गरेर भगाउन खोजेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो ।

    तर, स्थानीयले प्रहरीले पक्राउ गरिसकेपछि पनि सरदारलाई खोसेर फिर्ता ल्याएका थिए । त्यसपछि आधा घण्टा लगाएर ९ बजे उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    गोली लागेर चोरी मुद्दाका फरार प्रतिवादी सरदार र अर्का प्रहरीको हतियार खोस्ने स्थानीय ३० वर्षीय नानक सिंह सेख घाईते भएका छन् ।

    स्थानीयको इँट्टा प्रहारबाट वरिष्ठ प्रहरी हवलल्दार मदन डाँगी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार