Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कल्कीले ७ दिनमा कमायो ६ सय करोडभन्दा बढी

    कल्कीले ७ दिनमा कमायो ६ सय करोडभन्दा बढी

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 498
    SHARES

    एजेन्सी । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीको कमाइले नयाँ उचाइ छोएको छ ।

    फिल्मले ग्लोबल बक्स अफिसबाट ६ सय करोडभन्दा बढी कमाएर नयाँ कीर्तिमान बनाएको हो ।



    फिल्मका निर्माता बैजयन्ती मुभिजले आफ्नो कलेक्सनको अपडेट सामाजिक सञ्जालमा शेयर गरेको छ।



    फिल्ममा दीपिका पादुकोणको एउटा दृश्यको झलक देखाउँदै पोष्टमा ‘सपनाहरूको दौड जारी छ’ उल्लेख गरिएको छ ।

    कल्की २८९८ एडी २७ जुनमा रिलिज भएको थियो । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा करिब ३९३ करोड ४० लाख भारुको व्यापार गरेको थियो ।

    स्याकनिल्कको रिपोर्ट अनुसार भारतमा ७ दिनमा फिल्मको ग्रस कलेक्सन ४४१ करोड ५० लाख भारु पुगेको छ । फिल्मले विदेशी बक्स अफिसमा १६८ करोड ५० लाख भारु कमाएको छ ।

    अर्थात् फिल्मको ७ दिनको कलेक्सन करिब ६१० करोड भारु रहेको छ ।

    फिल्ममा भारतीय सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चन, कमल हासनको साथमा प्रभास र दीपिका पादुकोणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार