Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • चार करोड बढीको कोकिनसहित २ जना विदेशी पक्राउ

    चार करोड बढीको कोकिनसहित २ जना विदेशी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 267
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले एक किलो २४७ ग्राम कोकिनसहित दुई तान्जिनियन नागरिकलाई पक्राउ गरेको छ ।

    उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरोले ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रमाधानी सिम्बा मवाबुमा र तलिब किपेभु पसुवा रहेका छन् ।



    उनीहरूले कोकिन लुकाइएको ७२ वटा प्लाष्टिक कोटेड क्याप्सुल निलेर आएका थिए ।



    उक्त क्याप्सुल इथियोपियाको अदिस अबाबाबाट निलेर नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    शौचमार्फत कोकिन निकालेर बसेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

    बरामद कोकिनको अन्तर्राष्ट्रिय अवैध बजार मूल्य करिब ४ करोड ७३ हुने ब्यूरोको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार