Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एनआईसी एशिया र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता : नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने सहमति

    एनआईसी एशिया र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता : नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने सहमति

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 561
    SHARES

    काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंक बीच सम्झौता सम्पन्न भएको छ ।

    नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एन आई सी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंक बीच सम्झौता भएको हो ।



    उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरेका छन् ।



    चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिने जनाइएको छ ।

    नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्ने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वीत हुन सक्ने र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको जनाएको छ ।

    चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एन आई सी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ ।

    यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुने ग्राहक महानुभावहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

    नगरपालिका र बैंकले चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने विश्वास लिएको जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार